ऐतिहासिक उपलब्धिलाई जोगाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

copy.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता जस्ता ऐतिहासिक उपलब्धिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको सरकारले नै क्याप्टेन लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको स्मरण गराए ।
देउवाले मगर समुदायलगायत अन्य आदिवासी जनजातिले प्राप्त गरेका उपलब्धिलाई जोगाउन र अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए ।
उनले आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र पेसाको सुरक्षाका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पनि उनीहरूसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
Facebook Comments