रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण रुपन्देहीमा सुरु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/f80aff46-0aff-4078-a636-bccd26a4cc0c.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशका लागि दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम रुपन्देहीमा सुरु गरेको छ ।

आज (शुक्रबार) देखि भोली (शनिबार) सम्म चल्ने यो कार्यक्रमको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गरेका हुन् । प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरूदेखि प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, सांसद सुमना श्रेष्ठ र सांसद डा. तोशीमा कार्की लगायतका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम छ ।

रास्वपाले देशव्यापी रूपमा संगठन विस्तार अभियान चलाइरहेका बेला यो प्रशिक्षणले लुम्बिनी प्रदेशमा पार्टीको उपस्थिति थप बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


Facebook Comments