प्रधानमन्त्री ओलीद्वारा मनहरपुरको सडक निर्माणका लागि शिलान्यास

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गरेका छन्।
प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा निर्माण हुन लागेको सडक शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेस प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोड्ने १६.३५ किलोमिटर सडक शिलान्यास गरे । कूल ६५ करोडको लागतमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।
समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।
Facebook Comments