हारबाट सुरु भयो नेपालको टी-२० सिरिज यात्रा


काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ४२ रनले पराजित भएको छ । नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइक्ससँगको खेलमा हार बेहोरेको हो ।
एनटी स्ट्राइक्सले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुल्सन झाले २६ र रोहित पौडेलले २३ रन जोडेका थिए ।
यसअघि, पहिले ब्याटिङ गरेको स्ट्राइक्सले कप्तान डार्सी शर्टको ५१ रनको मद्दतमा १७७ रन बनाएको थियो । नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए ।
Facebook Comments