कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृ*त्यु


काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका २३ जनाको मृत्यु भएको छ, जसमा ९ जना नेपाली नागरिक रहेका छन् । करिब १६० जना बिरामी परेका छन् ।
नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, ३० भन्दा बढी नेपाली कामदारहरू बिरामी परेका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दूतावासले कुवेत सरकारसँग समन्वय गरी थप विवरण लिने क्रममा रहेको र शव नेपाल पठाउन सहजीकरण गरिने जनाएको छ ।
कुवेतमा मदिरा प्रतिबन्धित भए पनि लुकिछिपी बेचिने त्यही विषाक्त मदिरा सेवन गर्दा यो घटना भएको हो ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, ३१ जना बिरामी भेन्टिलेटरमा छन् भने २१ जनामा स्थायी दृष्टिदोष देखिएको छ ।
भारतीय दूतावासले पनि करिब ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएको पुष्टि गरेको छ ।
Facebook Comments