एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बैतडी कुवाकोट निवासी कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराइ स्वागत गरेका हुन् ।
जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनका लागि सहजीकरण गरेका छन् ।
Facebook Comments