जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Zelensky.jpg

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार आफू वाशिङ्टन जाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘युद्ध र हिंसा’ को अन्त्य गर्ने विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले शनिबार एक वक्तव्य जारी गर्दै भने, “म सोमबार वाशिङ्टन डी.सी मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध र हत्या बन्द गर्ने सबै विषयमा विस्तृत रुपमा छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

राष्ट्रपति जेलेन्स्कीले अमेरिकाका राष्ट्रपतिसँग भएको गम्भीर र फलदायी कुराकानीको पनि उल्लेख गरे, जुन सुरुमा दुई नेताबीच भएको थियो र पछि युरोपेली नेताहरूले पनि सहभागी भएर वार्तालाई अझ प्रभावकारी बनाएका थिए ।

यो भेटघाट अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न वार्तापछि तय गरिएको हो, जहाँ अहिलेसम्म कुनै युद्धविराम घोषणा भएको छैन ।

जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका प्रत्येक चरणमा समावेश गर्न आग्रह गर्दै उनी ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्तामा सहभागी हुन पूर्ण रूपमा तयार हुने पुनः स्पष्ट पारे । उनले भने, “महत्वपूर्ण विषयहरू नेताहरूको स्तरमा छलफल गर्नुपर्छ र त्रिपक्षीय वार्ताको ढाँचा उपयुक्त तथा प्रभावकारी हुनेछ ।”

यस प्रकारको भेटवार्ताले अन्तर्राष्ट्रिय शान्ति प्रयासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।


Facebook Comments