Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कांग्रेस नेता कोइरालाको आरोप–जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ

User Image मेयरसाप डेस्क | २०८२ साउन २९ गते १७:१५
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koiraladfjkfhff.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्ने आरोप लगाए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले राजा वीरेन्द्रको सम्पत्तिमा समेत एमालेको आँखा परेको आरोप लगाएका हुन् ।

उनले भने, ‘जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस्। पोखराको लिचीबारी हेर्नुस्। गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ। संघीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती पदमा बसिराख्नुभएको छ।’

नेता कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको पनि आरोप लगाए। 

उनले भने, ‘हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर विधेयक बनायौँ तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो। अहिलेसम्म त हामीले लुकायौँ अब लुकाउनुपर्ने छैन। अब लुकाउनुपर्ने आवश्यकता छैन। राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियडको पक्षमा संशोधन प्रस्ताव हालेको छ, माथिको निर्देशन भन्दै, एमाले त छलकपट गर्दो रहेछ। त्यसमा पनि विमति छैन।’

 


Facebook Comments