काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री


काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन आज काठमाडौं आइपुगेका छन् ।
भारतीय वायुसेनाको विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका मिश्रीले आजै समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्री केपी ओली र अन्य उच्च राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तो दिनेछन् ।
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ । मिश्रीको यस भ्रमणले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेन्डाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।
Facebook Comments