झलनाथ खनाल र प्रकाण्डबीच भेटवार्ता, के–के भयाे छलफल?


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
आइतबार बिहान खनालको निवास डल्लुमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र वामपन्थी दलहरूबीचको सहकार्य तथा एकताका विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय नेकपा (एकीकृत समाजवादी), नेकपा र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको चर्चा चलिरहेको छ ।
यद्यपि, एकताको ठोस प्रक्रिया भने अघि बढ्न सकेको छैन । दुई नेताबीचको यो भेटलाई वामपन्थी ध्रुवीकरणको प्रयासका रूपमा हेरिएको छ ।
Facebook Comments