जङ्गली च्याउ खाएर बिरामी परेका दम्पतीमध्ये श्रीमतीको मृ*त्यु


रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा ७४ वर्षीया नर्मला वली रहेकी छन् ।
गत साउन २७ गते जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका ८१ वर्षीय श्रीमान् भागीराम वली बिरामी भएका थिए ।
स्थानीय मेडिकलमा उपचारपछि उनीहरूलाई थप उपचारका लागि साउन २९ मा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा नर्मला वलीको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । उनका श्रीमान् भागीरामको अवस्था भने गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments