राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal_KTM_RSS_01__DG_9299(1).jpeg

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आजै काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीको यो भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ ।

भदौ ३१ गते हुन लागेको प्रधानमन्त्रीको भ्रमणका एजेन्डाहरूबारे आजका भेटवार्ताहरूमा छलफल हुनेछ । मिस्री सोमबार पशुपतिनाथको दर्शन गरी भारत फर्कने कार्यक्रम रहेको छ ।


Facebook Comments