पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे


पाल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए ।
पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उनको भनाइ छ। उनले भने, “पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ ।” उनले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताए ।
नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले कांग्रेसले अब स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गरी विदेश पलाउनलाई रोक्ने दिशामा आफूलाई अग्रसर बनाउन थालेको बताए।
Facebook Comments