Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी सङ्गठनको माग

User Image मेयरसाप डेस्क | २०८२ साउन ३० गते १६:३४
Image of https://mayorsap.com/storage/photos/10/bishyalaya siksha.PNG

काठमाडौं । १६ विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । 

संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । 

विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् । 

विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन् । ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन् ।


Facebook Comments