नीलबाराही मन्दिर संरक्षणका लागि २० करोडको परियोजना

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nil-1701962574.jpg

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले वडा नम्बर ९ मा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षण र मर्मतसम्भार गर्ने भएको छ । यो काम काठमाडौं उपत्यका विकास प्राधिकरणसँगको संयुक्त सहकार्यमा हुनेछ ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार मन्दिरको पूर्व र पश्चिमतर्फको भूक्षय नियन्त्रण गर्नका लागि गुरुयोजना तयार गरी २० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस परियोजनाको काम तत्काल सुरु हुने र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो परियोजना पूरा भएपछि नीलबाराही क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ । नगरपालिकाले ५०० रोपनी जग्गाको सीमाङ्कन गर्ने पनि बताएको छ ।

स्थानीय समुदायले पहिरोको जोखिममा रहेको यो क्षेत्रको संरक्षणका लागि अभियान चलाउँदै आएका थिए । मंगलबार नगरपालिकाले यस परियोजनाको डिजाइन सार्वजनिक गर्दै स्थानीय अभियन्ताहरूसँग सहकार्य गर्ने जानकारी दिएको थियो ।


Facebook Comments