प्रचण्डसँग रविको गुनासो– धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा पनि मलाई छोडेन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda1706001680.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेर फर्किएका छन् । बुधबार साँझ नख्खु कारागारमा पुगेका प्रचण्डसँग लामिछानेले भैरहवा कारागारको बसाइमा भएको पीडा सुनाएका छन् । 

उनले आफू भैरहवामा हुँदा स्वास्थ्य अवस्था पनि गम्भीर रुपमा बिग्रिएको बताएका छन् । प्रचण्डले भैरहवा नै गएर भेट्न चाहेको भएपनि समय नमिलेर नगएको बताए ।

प्रचण्डसँग रविले आफ्नो जस्तै मुद्दाका अन्य व्यक्ति जेलबाहिरबाटै मुद्दा लडिरहेको प्रसंग झिकेका थिए । उनले अदालतले मागेको धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा नदिएको बताए । उस्तै प्रकृतिको मुद्दामा अरुले उन्मुक्ति पाउने तर आफूलाई चाही थुनेको बताएको प्रचण्डको भनाइ छ। 

यसैगरी लामिछानेले उपसभामुख इन्दिरा रानाबारे पनि प्रचण्डसँग जिज्ञासा राखेका थिए । उनले इन्दिरा रानालाई देखाएर संवैधानिक निकाय कब्जा गर्न कांग्रेस–एमाले लागेको भन्दै यो इन्दिरामाथि मात्रै नभई सिस्टममाथिको प्रहार भएको बताए । प्रचण्डले पनि दुई नेताको भेटमा उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारीबारे कुरा भएको सुनाए । 

उपसभामुखको बारेमा पनि कुरा भयो। उपसभामुखलाई झम्टिने काम यो गठबन्धन सरकारले गरेको छ। बिचरा त्यो इन्दिरा राना आदिवासी जनजाति महिला, उनले भने, सानो टेक्निकल कुरा। त्यो पनि गएको पनि होइन। जे भइरहेको छ। गलत भइरहेको छ। अन्याय भएको छ। निरंकुशता तिर गठबन्धन गएको छ। त्यस्तै प्रचण्डले रविले आफूमाथि राजनीतिक प्रतिशोध साँधिरहँदा रास्वपालाई फाइदा भइरहेको भन्ने बुझेको प्रतिक्रिया दिए।


Facebook Comments