विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन हुँदै

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-devi-bhandari-768x375.png

काठमाडौं ।  नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।  काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । तर यस कार्यालयलाई  ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ  ।  

भण्डारीले आज दिउँसो २ बजे कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने बताइएको छ । एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ ।  

४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी विद्याले मदन भण्डारी फाउन्डेसन मार्फत देशभर नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् । विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको यो घरलाई २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए । पार्टीमा रोक लगाएपछि भण्डारीले राजनीतिक गतिविधि बढाउन कार्यालय मार्फत नेता–कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने भएकी छन् । 


Facebook Comments