Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विद्यालयमा बन्द हड्ताल गर्न नपाउने कानुन बनाउनुपर्छ : सुमना श्रेष्ठ

User Image मेयरसाप डेस्क | २०८२ भदौ ३ गते ११:४४
Image of https://mayorsap.com/storage/photos/10/sumana_55nTuHQcHe_UEYNxKtfVE.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कुनै पनि बहानामा विद्यालय वा विश्वविद्यालय बन्द गर्न नपाउने गरी विधेयकमा व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले भनिन्, ‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस्। विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन।’

उनले सरकारी मात्र नभई निजी विद्यालयका शिक्षकहरूलाई पनि बन्द हड्ताल गर्न नपाउने व्यवस्था गर्नुपर्ने माग राखिन् । हाल समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल भइरहेको छ ।


Facebook Comments