मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न


तनहुँ । बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् ।
देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति रु रु ४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छभने चालु आवमा ५४ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताए ।
Facebook Comments