भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित


काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
विधेयकमाथि भएको छलफलपछि नेकपा (माओवादी केन्द्र) भने समितिको निर्णयबाट बाहिरिएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधेयकमा फरक मत दर्ता गराउने भएका छन् ।
संसदीय समितिका सचिव शिवदत्त बरालका अनुसार, फरक मत दर्ता गराउने दुवै दलले भोलि (शुक्रबार)सम्ममा आफ्नो लिखित राय पेश गर्न सक्नेछन् । फरक मत लेखेर दिएपछि उनीहरूले समितिको निर्णयमा पनि हस्ताक्षर गर्न सक्नेछन् ।
समितिबाट पारित भएपछि अब यो विधेयक संसद्मा छलफलका लागि पेश गरिनेछ ।
Facebook Comments