रविको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख रुपैयाँ संकलन

User Image मेयरसाप डेस्क | ४९ मिनेट अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi_lamichhane ydf.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर तथा सहयोग संकलन अभियान जारी रहेको छ ।

बिहीबार (आज) सम्म यस अभियानमा ३४ लाख हस्ताक्षर र ६५ लाख रुपैयाँ सहयोग संकलन भएको जनाइएको छ ।

अभियानलाई देशव्यापी बनाउन रास्वपाले ‘देश यात्रा’ सुरु गरेको छ । पार्टीका सचिवालय सदस्य दीपक बोहराको नेतृत्वमा यो यात्रा हिजो (बुधबार) सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको छ ।

यो अभियान पश्चिमबाट पूर्वी नेपालसम्म सञ्चालन गरिनेछ । अभियानको उद्देश्य सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइएको भन्दै जनसमर्थन जुटाउनु रहेको बताइएको छ ।


Facebook Comments