शुक्लाफाँटा नगरपालिकामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार, यस योजनाअन्तर्गत प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनाका आधारमा घरेलु तथा लघु उद्योगहरू स्थापना गरिनेछ । युवालाई तालिम दिई व्यावसायिक बनाउनुका साथै आवश्यक पूँजीका लागि बैंकहरूसँग समन्वय गरिनेछ ।
नगरपालिकाले १२ वटै वडामा कृषि, हस्तकला, पशुपालन, बेतबाँस र लघु उत्पादनमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेको छ । यस कार्यक्रमले युवालाई दीर्घकालीन रोजगारी र व्यावसायिक सीप विकासको अवसर दिने विश्वास गरिएको छ ।
स्थानीय युवाहरूले पनि यस कार्यक्रमले गाउँमै आर्थिक सशक्तिकरण र उद्यमशीलता बढाउने बताएका छन् ।
Facebook Comments