Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

माओवादीले माग्यो लिपुलेक र कालापानीबारे सरकारको धारणा

User Image मेयरसाप डेस्क | २०८२ भदौ ३ गते १४:२९
Image of https://mayorsap.com/storage/photos/10/PRO_KTM7R9A0767.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौताप्रति सरकारको आधिकारिक धारणा माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए ।

उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा सदनलाई तत्काल जानकारी दिनुपर्ने माग गरे ।

पाण्डेले राष्ट्रियता जस्तो संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने भन्दै ‘देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नुहुँदैन’ भनेका छन् ।


Facebook Comments