हेटौँडा उपमहानगरले एक महिनामै उठायो साढे ३ करोड राजस्व

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hetauda upmahanagar palika.jpg

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो महिनामा ३ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड रुपैयाँले कम हो ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार, सबैभन्दा बढी राजस्व पूर्वाधार सेवाको उपयोग बापत (१ करोड ३३ लाख ८८ हजार रुपैयाँ) र घर बहाल कर (६५ लाख २० हजार रुपैयाँ) बाट सङ्कलन भएको छ । 

यसबाहेक सम्पत्ति कर, बहाल बिटोरी कर, व्यवसाय कर र प्रशासनिक दण्ड जरिवानाबाट पनि राजस्व सङ्कलन गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने उपमहानगरपालिकाले सोही अवधिमा १ करोड ४४ लाख ८५ हजार रुपैयाँ सम्पत्ति कर र १ करोड १८ लाख ७५ हजार रुपैयाँ पूर्वाधार सेवा शुल्कबाट आम्दानी गरेको थियो ।


Facebook Comments