तीज विशेष अफर : कारा कोरियन ब्युटी स्टोरमा ७० प्रतिशत छुट र ६४ हजारको उपहार

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/f650ccee-2f02-401a-8f32-e916613340d8.jpeg

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दै कारा कोरियन ब्युटी स्टोर ले उपभोक्ताहरूलाई विशेष छुट अफर तथा आकर्षक गिभ अबे योजना सार्वजनिक गरेको छ ।

स्टोरले स्किन केयरका ओरिजिनल प्रडक्टमा ७० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ भने ३ हजार बराबरको किनमेल गर्ने ग्राहकहरूमध्ये एक जनालाई ‘लक्की ड्र’ मार्फत ६४ हजार बराबरको गिफ्ट ह्याम्पर जित्ने अवसर प्रदान गरेको छ ।

बजारमा डुप्लिकेट र नक्कली सामानहरूको बिगबिगी भइरहेका बेला स्टोरले ओरिजिनल तथा विश्वसनीय प्रडक्ट मात्र आयात गरी उपभोक्तालाई सस्तो र भरपर्दो तरिकाले उपलब्ध गराउँदै आएको व्यवस्थापकले जनाएको छ ।

स्टोरले ग्राहकहरूको स्किन प्रकार अनुसार उपयुक्त वस्तु छनोटमा समेत सहयोग गर्ने व्यवस्था गरेको छ । विशेष गरी चाया, पोतो, डन्डिफोर, रिङ्कल, ब्ल्याकहेड्स जस्ता स्किनसम्बन्धी समस्या भोगिरहेका ग्राहकलाई लक्षित गर्दै विभिन्न किसिमका कोरियन स्किन केयर प्रडक्ट सामानहरू उपलब्ध छन् । 

तीज पर्वलाई अझै विशेष बनाउन सुरु गरिएको यो अफर केही समयका लागि मात्र सीमित हुने भएकाले इच्छुक ग्राहकले चाँडै स्टोरमा सम्पर्क गर्नुपर्ने स्टोर व्यवस्थापनले जानकारी दिएको छ ।


Facebook Comments