दक्ष जनशक्ति नै दिगो समृद्धिको आधार : मन्त्री खड्का

.jpg)
खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको बताएका छन् ।
सङ्खुवासभाको तुम्लिङटारमा आयोजित ’२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले परम्परागत शिक्षा मात्र पर्याप्त नभएको र प्राविधिक सीप तथा व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताए ।
सङ्खुवासभाको पर्यटन सम्भावनाबारे चर्चा गर्दै उनले त्रिदेशीय सीमा क्षेत्रमा जोडिएको यो जिल्लाले अर्बौं रुपैयाँ राजस्व कमाउन सक्ने उल्लेख गरे ।
मन्त्री खड्काले निकट भविष्यमा जिल्लामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुने जानकारी पनि दिए ।
Facebook Comments