रास्वपा नेता कँडेल पार्टीबाट निलम्बित


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीले जिम्मेवारीबाट निलम्बन गरेको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक सूचना जारी गर्दै प्रहरी अनुसन्धानमा सहजता पुर्याउन र आवश्यक कारबाहीका लागि कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन् ।
चितवनको कालिका नगरपालिका–५ का कँडेललाई रूपन्देही प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भएको आरोप छ ।
Facebook Comments