पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्याग्नुभएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा ओलीले आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुरका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साह लगायत रौतहट र धनुषाका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
नवप्रवेशीहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरू ‘गलत बाटो देखाउनेको बहकावमा लागेर’ केही समय अलमलमा परे पनि अब सही घरमा आएको बताए । उनले सबै मिलेर देश बनाउन र गलत काम नगर्न आग्रह गरे ।
यसैबीच, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताका विषयमा पनि स्पष्टीकरण दिए । उनले राष्ट्रपति बनेपछि भण्डारीले पार्टी सदस्यता त्यागेको र कर्मचारीलाई झुक्याएर सदस्यता कायम नहुने बताए । उनले भण्डारीले पार्टी एकतामा असहयोग गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
Facebook Comments