रौतहटमा सुटकेसभित्र श*व भेटिएकी महिलाको पहिचान खुल्यो


रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
उनी माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साह भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले पुष्टि गरे ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, रुवीका एक छोरा छन् र उनी पछिल्लो एक महिनादेखि महादेवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् ।
उनको हत्या गरी शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ । शनिबार राति सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेपछि प्रहरीले रातभर निगरानी गरेको थियो
आइतबार बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा उनको शव भेटिएको हो । मृतक रुवीको घर भारतको मुजफ्फरपुर हो ।
Facebook Comments