विपिन जोशीको रिहाइका लागि आमा र बहिनीद्वारा राष्ट्रपतिलाई आग्रह

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/padma-pushpa-with-president-ramchandra-1024x682.jpg

काठमाडौं । इजरायलमा हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन् ।

आइतबारको भेटमा उनीहरूले विपिन निर्दोष विद्यार्थी भएको भन्दै उनको रिहाइका लागि मानवीय दृष्टिले पहल गरिदिन आग्रह गरेका हुन् । जवाफमा, राष्ट्रपति पौडेलले यस विषयमा थप प्रयास गर्ने प्रतिबद्धता जनाए ।

विपिनका परिवारले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटिसकेका छन् । इजरायल भ्रमणका क्रममा उनीहरूले विपिनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न इजरायलका राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतहरूसँग भेट गरेका थिए ।


Facebook Comments