नेपालमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च


काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सो अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३ हजार ३ सय ९ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो ।
Facebook Comments