पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा


काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, आइतबार सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सचिव अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले अर्याललगायतलाई सफाइ दिएको उक्त फैसलाप्रति असहमति जनाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो ।
Facebook Comments