मुग्लिन–पोखरा सडक योजनाको म्याद चौथो पटक थप


तनहुँ । मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्ड (जामुनेदेखि आँबुखैरेनी) को म्याद चौथो पटक थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस खण्डको म्याद आगामी असोज २५ गतेसम्मका लागि थप गरेको हो ।
यस खण्डको ४१.५ किलोमिटर सडकमा कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, दमौली बजारमा ६ लेन र अन्य ठाउँमा ४ लेनको कालोपत्र भएको छ । कालोपत्रबाहेकका केही सामान्य काम बाँकी रहेकाले म्याद थपका लागि सिफारिस गरिएको थियो ।
चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ठेक्का पाएको यस खण्डको काम २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । यो योजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भइरहेको छ, जसको ठेक्का लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ ।
Facebook Comments