केन्द्रीय सुरक्षा समितिको बैठक: वीरगञ्जमा फैलिएको हैजा प्रकोपबारे छलफल

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/home ministry dggfdf.png

काठमाडौं । मुलुकको शान्ति सुरक्षाको अवस्था र हालै पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपबारे छलफल गर्न आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, बैठकमा देशभर भइरहेका विभिन्न धर्ना, जुलुस, आन्दोलन र अन्य अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा गहन समीक्षा भएको छ ।

गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा देखिएको हैजा प्रकोपलाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा तत्काल चिकित्सक सम्मिलित मेडिकल टोलीसहित परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Facebook Comments