Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चेली र माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउन तीज महत्त्वपूर्ण छः देउवा

User Image मेयरसाप डेस्क | २०८२ भदौ ८ गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/10/deubaa1662570540.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका (तीज) पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । सभापति देउवा सन्देशमा नेपाल धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण मुलुक भएकाले यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको उल्लेख गरे । 

नेपाली महिलाहरूले विशेष रूपमा मनाउने हरितालिका तीज पर्वले समाजमा सौहार्दता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको सभापति देउवाले बताए । 

 सन्देशमा भनिएको छ,“तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ, यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।”  उनले सन्देशमा  हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  


Facebook Comments