खाँदबारीमा खानेपानी आपूर्ति ठप्प, स्थानीयलाई सास्ती


खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, महभिरस्थित खानेपानीको मुहानमा गएको पहिरोका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालका अनुसार, भदौ ५ गते गएको ठूलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा ठप्प भएको हो। इन्टेक सफा गर्न समय लागेकाले आपूर्ति सहज हुन सकेको छैन ।
यस आयोजनाबाट खाँदबारी बजारका करिब १ हजार घरधुरी लाभान्वित हुँदै आएका थिए । खानेपानी आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धाराको भर पर्न बाध्य भएका छन् । संस्थाले तत्काल वैकल्पिक स्रोतको खोजी गरिरहेको जनाएको छ ।
Facebook Comments