धरानमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

धरान । धरान उपमहानगरपालिका–१४, विजयपुर चोकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक, धरान–१४ का ३२ वर्षीय सन्दीप मगरको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

यस दुर्घटनामा अटोरिक्सा चालक, धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ पनि घाइते भएका छन् । उनको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Facebook Comments