वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad6e6f056cf.jpg

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिने प्रलोभनमा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजारका सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का योगेन्द्र घले रहेका छन् ।

पीडितको उजुरीअनुसार, ताम्राकारले इजरायल पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ र घलेले जापान पठाउने भन्दै अर्का एक व्यक्तिबाट ६ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताम्राकारलाई आइतबार र घलेलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments