लोघेकरका किसानलाई हातेट्याक्टर वितरण

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad63942ba18.jpg

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्याक्टर (पावर टिलर) वितरण गर्न सुरु गरेको छ । चालु आर्थिक वर्षको ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअन्तर्गत मागको आधारमा पाँचवटै वडाका किसानहरूलाई सोमबारबाट पहिलो चरणमा ट्याक्टर वितरण गरिएको हो ।

गाउँपालिकाले यस कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ। कृषि शाखा प्रमुख दीपक खड्काका अनुसार, प्रति ट्याक्टर ५६ हजार ५०० रुपैयाँको लागतमा कुल १०० वटा ट्याक्टर वितरण गरिनेछ । यसमा गाउँपालिकाको ४५% अनुदान र किसानको ५५% लागत साझेदारी रहनेछ ।

पहिलो चरणमा वडा नं. १ को चराङ र मराङमा ३५ थान तथा वडा नं. ४ को ढी र सुर्खाङ गाउँमा १० थान हातेट्याक्टर वितरण गरिएको छ । बाँकी ५५ थान ट्याक्टर वडा नं. २, ३ र ५ का किसानलाई दोस्रो चरणमा वितरण गरिने वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिए ।

गाउँपालिकाले युवा पलायन र जनशक्तिको अभावका कारण परम्परागत खेतीमा आएको समस्यालाई समाधान गर्न तथा किसानलाई आधुनिक प्रविधितर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याएको बताएको छ ।


Facebook Comments