राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।
सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा पार्टीको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो । यसअघि उनी संसदीय सुनुवाइ समितिको सभापति थिइन् ।
समिति सभापतिका लागि दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाई र अम्बिका बस्नेतलगायत आकांक्षी थिए । सभापति चयनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ र भोलि मतदान हुनेछ ।
Facebook Comments