पूर्वराष्ट्रपति भण्डारी र मनीष झाबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad65135dbf3.jpg

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ ।

लगभग डेढ घण्टा चलेको भेटमा पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच वर्तमान राजनीतिक अवस्था र त्यसको समाधानबारे छलफल भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले सहकारीको विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएकोमा चिन्ता व्यक्त गर्दै रास्वपा सभापति रवि लामिछानेप्रति सद्भाव व्यक्त गरेको बताइएको छ ।

उनले नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको बताउँदै उनीहरूलाई सघाउन अभिभावकीय भूमिका निर्वाह गर्न आफू तयार रहेको बताएको पनि झाले जानकारी दिए ।


Facebook Comments