हैजा नियन्त्रणका लागि वीरगञ्जमा होटल र मासु पसलकाे अनुगमन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad7db3a3d23.jpg

वीरगन्ज । वीरगन्जमा हैजाको जोखिम बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले होटल र मासु पसलहरूमा अनुगमन सुरु गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरको पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले मुर्ली, पानीटंकी, बसपार्क र नगवा क्षेत्रका पसल तथा होटलको सरसफाइ अवस्था जाँच गरेको हो ।

अनुगमनका क्रममा खाद्य सामग्रीहरूको सुरक्षित भण्डारण र सरसफाइको अवस्थाबारे निरीक्षण गरिएको थियो । टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छतामा विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।

प्रमुख सिंहले होटल र मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजा नियन्त्रण गर्न सकिने बताउँदै अनुगमनलाई दैनिक कार्यको रूपमा अघि बढाइने जानकारी दिए ।

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियान पनि चलाएको छ ।

यसले गर्दा स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र खान र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।


Facebook Comments