नेपाल शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना

काठमाडौं। नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि धर्ना दिएको छ । महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा धर्ना दिएको हो ।
आजको धर्ना कार्यक्रम २ बजेसम्म जारी रहने महासंघले जनाएको छ । महासंघले भोली बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको समेत जानकारी दिएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउनु पर्ने माग राख्दै फेरि आन्दोलन सुरु गरेको हो । २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको भनाई छ ।
Facebook Comments