इजरायली आक्रमणमा ६ सिरियाली सैनिकको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68af147ce82f2.jpg

दमास्कस । सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको घटनाको निन्दा गर्दै यसलाई देशको सार्वभौमिकताको ‘स्पष्ट उल्लंघन’ भनेको छ ।

गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गरेपछि इजरायलले सिरियामा सयौं आक्रमण गरिसकेको छ । इजरायले दमास्कसका अन्तरिम अधिकारीहरूसँग पनि वार्ता सुरु गरेको छ। सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रको घोर उल्लंघन’ भनेको छ ।

उक्त आक्रमणले सिरियाली गणतन्त्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको स्पष्ट उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारी टेलिभिजनका अनुसार दमास्कसबाहिर किस्वेह नजिकै इजरायली ड्रोनले गरेको आक्रमणमा परी छ जना सैनिकको मृत्यु भएको हो ।

रक्षा मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई इजरायली ड्रोनले ‘४४ औँ डिभिजनको एउटा सैन्य भवनलाई लक्षित गरेको’ बताएका छन् । इजरायली सेनाले एएफपीको अनुरोधमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यसअघि मंगलबार सरकारी समाचार संस्था सानाले गोलान हाइट्समा सिरियाको नियन्त्रणमा रहेको युद्धविराम रेखाको पूर्वमा रहेको तरन्जा गाउँको एक घरमा इजरायली आक्रमणमा एक युवकको मृत्यु भएको जनाएको थियो ।

असदलाई सत्ताच्युत गरेयता इजरायलले संयुक्त राष्ट्रसंघको गस्तीमा रहेको असैन्यीकृत क्षेत्रको अधिकांश भाग सिरियानियन्त्रित युद्धविराम रेखामा कब्जा जमाएको छ । 


Facebook Comments