डडेल्धुरामा जिप दु*र्घटना, चार जनाको मृ*त्यु


धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार, से १ ज ७३८ नम्बरको जिप कच्ची सडकबाट करिब पाँच सय मिटर तल जङ्गलमा खसेको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण पनि अझै पत्ता लागेको छैन ।
यस दुर्घटनामा कम्तीमा सात जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ, जसको उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिने प्रहरीले बताएको छ ।
Facebook Comments