गाउँमा नागरिक नभेटिएपछि शहर झरेर सेवा दिँदै सिलिचोङ गाउँपालिका

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b07a914f483.jpg

संखुवासभा । संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाले विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर एक सय ५० भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ ।

सिलिचोङ गाउँपालिकाले काठमाडौं, इटहरी र सदरमुकाम खाँदबारीमा सञ्चालन गरेको घुम्ती शिविर एक सय बढीले सेवा लिएका छन् । सिलिचोङ सडक सञ्जालले नछोएको विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको हो ।

ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको सिलिचोङ गाउँपालिका प्रशासकीय अधिकृत भद्र कुलुङले जानकारी दिए । 

घुम्ती शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन् ।  सिलिचोङले काठमाडौँमा भदौ ६ र ७ गते, इटहरीमा भदौ ९ र १० गते तथा खाँदबारीमा आज घुम्ती शिविर सञ्चालन गरेको हो । काठमाडौँ र तराईका  विभिन्न जिल्लामा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको थियो । विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसक्नेलाई सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 


Facebook Comments