हैजा नियन्त्रण गर्न सरकारले सबै उपाय अपनाउने गृहमन्त्रीको प्रतिबद्धता


वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका बिरामीहरूलाई आज भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
हिजो वीरगन्ज पुगेलगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज बिहान वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेका हुन् ।
भेटघाटका क्रममा गृहमन्त्रीले सरकारले हैजा नियन्त्रणका लागि सबै उपायहरू अपनाउने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्रीसँगै कानुनमन्त्री अजयकुमार चौरसिया पनि अस्पताल पुगेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पर्सामा हालसम्म १५९ जनामा हैजा पुष्टि भएको छ, जसमध्ये ११२ जना निको भएर घर फर्किसकेका छन् ।
जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले अहिले वीरगन्जका विभिन्न अस्पतालमा ४७ जना बिरामी उपचाररत रहेको बताए ।
Facebook Comments