‘सेल्फ फेसन सो–२०२५’ सम्पन्न : रञ्जु र पेम्बा बनिन् विजेता


काठमाडौं । राजधानीको जमलस्थित ‘राजा लाउन्ज एन्ड क्लब’मा सम्पन्न ‘सेल्फ फेसन सो–२०२५’ मा रञ्जु घर्ती मगर र पेम्बा लामाले विजेताको उपाधि जितेका छन् ।
नेपालको फेसन क्षेत्रको उत्कृष्ट मानिने यो कार्यक्रममा फेसनप्रेमी, कलाकार, सञ्चारकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आयोजकका अनुसार, विजेताद्वयको आत्मविश्वास, प्रस्तुति शैली र व्यक्तित्वले निर्णायक मण्डललाई निकै प्रभावित पारेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा अभिनेता प्रमोद अग्रहरि लामो समयपछि पुनरागमन गर्दै प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनीसँगै फिल्म निर्देशक मुस्कान ढकाल र समाजसेवी तथा शिक्षाविद् डा. नवीन साह लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो ।
आयोजक संस्था ‘साह स्टुडियो एन्ड कम्पनीको’का अध्यक्ष मोनु साहले कार्यक्रमको समापनमा बोल्दै यो फेसन सो केवल फेसनको प्रदर्शन मात्र नभएर युवा प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक चेतनाको मञ्च भएको बताए ।
Facebook Comments