रञ्जिताले बोलाएको बैठक रेशम पक्षद्वारा बहिष्कार


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवाद फेरि सतहमा आएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज र भोलिका लागि बोलाएको केन्द्रीय समितिको बैठकमा पार्टी संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ ।
रञ्जिता पक्षले बैठकमा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्ने, विधान संशोधन र समसामयिक विषयहरूमा छलफल गर्ने एजेन्डा तय गरेको छ । बैठक दिउँसो १ बजे काठमाडौंमा सुरु हुनेछ ।
यसअघि, रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै आधिकारिक अध्यक्षको मान्यता दिएपछि विवाद झन् बढेको थियो ।
यसै विवादका कारण रेशम पक्षका नेताहरूले रञ्जिताले बोलाएको बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
Facebook Comments