डा. गोविन्द केसीको तीन दिने सत्याग्रह सुरु


धनगढी । स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले आज कैलालीको गेटामा तीन दिने सत्याग्रह सुरु गरेका छन् ।
शिक्षा र स्वास्थ्यको गुणस्तर तथा पहुँच सुनिश्चित गर्न, साथै युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै उनले यो अभियान सुरु गरेका हुन् ।
भदौ १७ गतेसम्म जारी रहने यो सत्याग्रहको मुख्य मागहरूमा निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने, र गेटामा अस्पताल सेवा सञ्चालन गर्ने लगायत छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगको निर्णयले शिक्षाको गुणस्तरमा ह्रास आएको भन्दै सो निर्णय फिर्ता लिन माग गरेका छन् ।
डा. केसीले लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न, रुस र इजरायललाई नरसंहारकारी युद्ध रोक्न र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पनि माग गरेका छन् ।
Facebook Comments